पार्टीभित्र विवाद चर्किएपछि स्थायी कमिटी बैठक रोकेर नेकपाका नेताहरु परामर्शमा

आषाढ १८,२०७७

-

असार १८, २०७७ काठमाडौं ।
जारी स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ जना नेताहरु पार्टीभित्र चर्किएको विवाद मिलाउन परामर्शमा जुटेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेल परामर्शमा जुटेका हुन् ।
 
अहिले उनीहरुबीच पार्टीभित्र उत्कर्षमा पुगेको विवादलाई कसरी टुङ्याउने भन्ने विषयमा छलफल चलिरहेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले केही दिनअघि दिएको भारतविरोधी अभिव्यक्तिसँगै नेकपाभित्र अन्तरविरोध चुलिएको छ ।
 
ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन  भारत र पार्टीभित्रैबाट चलखल भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुले ओलीको चर्को आलोचना गरेका थिए । त्यसपछि ओली पक्ष र  विरोधी खेमाले आन्तारिक छलफललाई तिव्रता दिँदै आएको छन् ।