साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

आषाढ १८,२०७७

-

असार १८,२०७७ काठमाडौं ।
सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र  अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो ।
 
अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । 
 
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि  अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।