ओली सहभागी नै नहुने अवस्था आएपछि नेकपा स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित

आषाढ १८,२०७७

-

असार १८,२०७७ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । 
 
कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र प्रचण्डबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ।
 
ओली बिनै बसेको बैठकमा प्रचण्डले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो ।