प्रिमियर लिगको विजेता बनेको लिभरपुल म्यान्चेस्टर सिटीसँग ४-० गोलअन्तरले पराजित

आषाढ १९,२०७७

-

असार १९, २०७७ काठमाडौं ।
 
हालैमात्र प्रिमियर लिगको विजेता बनेको लिभरपुलले पूर्वविजेता म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गत हप्ता सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलको लिग उपाधिका लागि ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको थियो । तर, त्यसपछि खेलमा फर्केको लिभरपुल सिटीसँग ४-० गोलअन्तरले पराजित भएको हो ।
 
खेलको सुरुवातमा ने लिभरपुलले अग्रता बनाउने मौका गुमायो । मोहमद सलाहको प्रहार जाली चुम्न असमर्थ रह्यो । पेप ग्वार्डिओला टोलीले त्यसपछि खेलमा पूर्ण नियन्त्रण बनायो । २० मिनेटमा अन्तरमा ३ गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो ।
 
केभिड डि ब्रुएनाले पेनाल्टीबाट सिटीलाई खेलको २५ औँ मिनेटमा अग्रता दिलाए । यो सिजन उनले ११ गोल गर्नका सथौ १७ वटा गोलको अवसर सिर्जना गरेका छन् । त्यसको १० मिनेटपछि राहिम स्टर्लिङले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले तेस्रो गोल थपे ।
 
 
दोस्रो हाफमा एलेक्स ओक्सालेड च्याम्बर्लिनले आत्मघाती गोल गरेपछि सिटीले सहज जित हासिल गर्न सफल रह्यो ।
 
योर्गन क्लपको नेतृत्वमा लिभरपुलले सबैभन्दा ठूलो हार ईतिहाद स्टेटियममा नै बेहोरेको छ । बिहीबार ४–० को हार बेहोरेको लिभरपुलले सन् २०१७ को सेप्टेम्बरमा ५–० ले पराजित भएको थियो ।
 
यता, सिटीले घरेलु मैदानमा पछिल्ला ४ खेलमा समग्रमा १४–० ले जीत हासिल गरेको छ । यता, लिभरपुल भने घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ५ खेलमा गोल गर्न असमर्थ रहेको छ । सन् १९९२ मा लिभरपुल यसरी लगातार ८ खेलसम्म गोल गर्न असमर्थ रहेको थियो ।
 
३२ खेलपछि लिभरपुलको ८६ अंक रहेको छ भने सिटीको ६६ अंक रहेको छ ।