कोरोनाको अर्को चरण देखा परे ३४ करोडको रोजगारी गुम्ने प्रक्षेपण

आषाढ १९,२०७७

-

असार १९, २०७७ काठमाडौं ।
कोरोनाको अर्को चरणको संक्रमण देखा पर्‍यो भने विश्वको कार्य घन्टा ११ दशमलव ९ प्रतिशतले गुम्ने अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले चेतावनी दिएको छ ।
 
यो भनेको ३४ करोड फूल टाइम रोजगारी गुमे बराबर भएको संगठनको भनाइ छ ।
 
कोभिड-१९ को पाँचौं संस्करण अनुसार यस वर्षको बाँकी अवधिमा विश्वको श्रम बजारमा पुर्नबहाली अनिश्चित र अपूरो छ ।
 
यस वर्षको दोस्रो त्रैमासमा विश्वको कार्य घन्टामा १४ प्रतिशतको कमी आएको थियो । यो भनेको ४० करोड फूल टाइम रोजगारी बराबरको हो । यस वर्षको पूर्वार्द्धमा विश्वभर कार्य घन्टामा आएको कमी यस अघि अनुमान गरिएकोभन्दा निकै धेरै रहेको छ ।
 
स्थिति राम्रो हुँदा समेत महामारी पूर्वको स्तरमा पुग्न पर्याप्त नहुने चेतावनी संगठनले दिएको छ । निराशानजनक स्थितिमा भने वर्षको दोस्रो अर्धवार्षिक अवधि दोस्रो त्रैमासजत्तिकै चुनौतीपूर्ण हुनेछ ।
 
पहिलो त्रैमासमा सिकिएको पाठका आधारमा अति नै राम्रो नीतिगत प्रतिक्रिया आयो भने पनि वर्षको अन्त्यसम्ममा विश्वको कार्य घन्टामा ११ दशमलव ९ प्रतिशतको कमी आउनेछ ।
 
यो गत वर्षको चौथो त्रैमासको तुलनामा करीब ३४ करोड फूल टाइम रोजगारी बराबर हो ।