विवाद हल गर्न माग गर्दै नेकपाका युवा नेताहरु पार्टी कार्यालयमा धर्नामा

आषाढ १९,२०७७

-

असार १९,२०७७ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र विवाद बढिरहेको बेला केही युवा नेताहरुले एकताको पक्षमा पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन्।
 
डा विजय पौडेल, रामकुमारी झाँक्री, ठाकुर गैरे, जगन्नाथ खतिवडा, दिलु पन्त लगाय करिब ३० जना नेता कार्यकर्ता पार्टी मुख्यालयमा धर्नामा बसेका हुन्।  
 
उनीहरुले पार्टीलाई एकतावद्ध बनाउन माग गरेका छन्। नेताहरुलाई एकताको सन्देश दिनेगरी पार्टीको विवाद हल गर्न आग्रह गरेका छन्।  
 
नेकपाको स्थायी कमिटीमा बहुमत सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए।