काठमाडौँको ग्यारेजमा राखेका ८ वटा माइक्रोबसमा आगलागि

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको छ । 
 
 
बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको थियो ।
 
 
घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले बताए । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उनले बताए ।