गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत सार्वजनिक

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामा अभिनित गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ ।
 
मोडल हेरुका लामाले यो भन्दा अगाडि थुप्रै भिडियोमा अभिनय गरेका छन । गीतमा गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ ।
 
भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका हुन । उक्त भिडियोमा निर्देशक एंव मोडल हेरुका लामा र निराञ्जली लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।