केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर संकलन सुरु

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । 
 
नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुवै पद नछाड्ने अडान लिएका छन् ।
 
विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।