नेपाल औषधीगत विक्री प्रबन्धक संघमा गान्धी निर्विरोध निर्वाचित

आषाढ २२,२०७७

-

काठमाडौं । नेपाल औषधीगत विक्री प्रबन्धक संघ (पेन) को केन्द्रीय अध्यक्षमा गान्धी प्रसाद शर्मा निर्वाचित भएका छन् । विद्यार्थी जिवनदेखि नै कुशल नेतृत्व गर्दे आएका उनले निष्पक्ष भुमिका निर्वाह गर्दे आएका छन् । संघमा आवद्ध सबै सदस्यहरुको समर्थनले उनि निर्विरोध निर्वाचित भएका हुन् । देशभर सञ्जाल फैलिएको संघको अध्यक्षमा गान्धी निर्विरोध निर्वाचित गराउन सबैको एकमत थियो । उनलाई सर्वसम्मत रुपमा अध्यक्ष वनाउन देशभरका सदस्यहरु एकजुट भएका थिए ।
 
केन्द्रीय समितिमा हाल ५ जना रहेका छन् भने केहि दिनभित्रै ११ सदस्य रहेको केन्द्रीय समिति निर्माण हुने नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिए । उनले हालसम्म नेतृत्व गर्ने साथीहरुलाई धन्यवाद दिंदै अगामी दिनमा संघका कामकारवाहीलाई अझै परिस्कृत गर्ने घोषणा गरे । ‘देशभरमा केहि प्रतिनिधी साथीहरु सदस्य लिनबाट छुट्नुभएको छ,’अध्यक्ष गान्धीले भने,‘उहाँहरु सबैलाई समेट्न अनलाईन प्रणाली मार्फत सदस्य वितरणको कार्य थालनी गर्नेछौंं ।’ नयाँ कार्य समितिले औषधी कम्पनीका प्रतिनिधी, कम्पनी र सरकार विच समन्वयात्मक भुमिका निर्वाह गर्दे सहजीकरण गर्ने वताए । 
 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अहंम भुमिका खेलेका गान्धीले समाजमा निकै रचनात्मक काम गर्दे आएका छन् । उनले निर्वाचित भएपछि संघका कामहरु पारदर्शी ढंगमा अघि बढाउने प्रतिवद्धता जनाए । 

 
कम्पनी र थोक विक्रेता विचको सम्बन्ध सुमधुर हुनुपर्ने आवस्यकतामा जोड दिंदै उनले प्रबन्धक, प्रतिनिधी र कम्पनी विचको तालमेल अझै प्रगाढ वनाउन भुमिका खेल्ने उल्लेख गरे । कम्पनीका प्रतिनिधी साथीहरुको बृद्धिविकासका लागि आवस्यक परामर्श दिन संघ सदैव तयार रहेको नवनिर्वाचित अध्यक्ष गान्धीले प्रतिबद्धता जनाए । संघमा हाल देशभरका करिब २ हजार सदस्य रहेका छन् । संघले समस्यामा परेका औषधी कम्पनीका प्रतिनिधी प्रबन्धकहरुलाई सहयोगी भुमिका खेल्दै आएको छ । 
 
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अहंम भुमिका खेलेका गान्धीले समाजमा निकै रचनात्मक काम गर्दे आएका छन् । उनले निर्वाचित भएपछि संघका कामहरु पारदर्शी ढंगमा अघि बढाउने प्रतिवद्धता जनाए ।