पहिरोमा पुरिएर डोटी र बझाङमा दुईजनाको मृत्यु

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
पहिरोमा पुरिएर डोटी र बझाङमा दुईजनाको मृत्यु भएको छ । डोटी, पूर्वीचौकी गाउँपालिका–४ नुवाकोटमा भक्त दमाईको घर माथिबाट पहिरो आई घरको पछाडि पट्टीको पर्खाल भत्किँदा दमाईको ४ महिनाका छोरा छत्र दमाईको घटनास्थलमै मृत्यु भएको छ ।
 
प्रहरीले घरभित्र रहेका ३ जनाको सकुशल उद्धार गरेको थियो ।  घाइते भक्त दमाईकी श्रीमती २५ वर्षीया देउवा दमाईलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ ।
 
यस्तै बझाङ, जयपृथ्वी नगरपालिका-७ सुबेडा बस्ने कर्मराज जोशीको गोठमा पहिरो आउँदा गोठभित्र रहेका उनका १२ वर्षीय छोरा आशिष जोशीको मृत्यु भएको छ । पहिरोमा पुरिएर गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।