काठमाडौं महानगरद्धारा ए डिभिजन लिग क्लबलाई सहयोग हस्तान्तरण

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रमा रहेका शहीद स्मारक ए डिभिजन लिग क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको छ।
 
सोमबार राजधानीमा कार्यक्रमको आयोजना गरि काठमाडौंका ६ वटा क्लबलाई महानगरले रकम हस्तान्तरण गरेको हो ।
 
महानगरले ए डिभिजन क्लबलाई १०/१० लाख सहयोग हस्तान्तरण गरेको हो । ए डिभिजन लिग खेल्ने महानगरका क्लबहरुमा मनाङ मस्याङ्दी क्लब, संकटा, सरस्वती, मञ्छिन्द्र, एनआरटी र हिमालयन शेर्पा रहेका छन्।
 
अघिल्लो वर्षदेखि महानगरले नेपाली फुटबलको विकास र क्लबहरुलाई केही राहत होस् भनेर अनुदान दिन थालेको हो ।
 
रकम हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख विद्या सुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, महानगरका प्रशासकिय प्रमुख एकनारायण अर्याल र अखिल नेपाल फुटबल संघ ९एन्फा० अध्यक्ष कर्मा छिरिङ शेर्पासहिा क्लबका प्रतिनिधि उपस्थित थिए।
 
क्लबका तर्फबाट बोलेका लिग च्याम्पियन मछिन्द्रका अध्यक्ष प्रबोध वीर सिंह कङ्साकारले महानगरको सहयोगढिलै भएपनि पाएकोमा खुसी व्यक्त गरे।
 
महानगरको सहयोग ढिला भएपनि पायौ। सहयोगका लागि धन्यवाद,झ अध्यक्ष कङ्सारकारले भने,झ फुटबलमा भएको खर्चको अनुपातमा यो कम भएपनि यसले क्लबलाई केही राहत महसुस हुनेछ। आगामी दिनमा बढ्ने अपेक्षा क्लबहरुको छ।झ
 
महानगर प्रमुख शाक्यले महानगरले आर्थिक सहयोग लिग अगाडि नै योजना रहेको तर, कागजी तयारी समयमा पूरा नहुँदा समस्या भएको बताएका छन्।
 
महानगरले ए डिभिजनलाई १० लाख, बी डिभिजनलाई ३ लाख र सी डिभिजनलाई २ लाख अनुदान दिँदै आएको छ।