स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन सुरु

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा सम्मेलन सुरु भएको हो ।
 
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाकाल देखि स्वास्थ्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानद्धारा समग्र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
 
मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्बसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताए ।
 
स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र बिकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालय सदैव तत्पर रहने उल्लेख गरे ।
 
सरकारले कोभिड १९ को नियन्त्रणका लागि लक डाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरु निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीतिहरु अपनाउँदै आएको दबी गरे ।