किस्ता तिर्न नसकेको भन्दै पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीले ९० सवारीको चाबी बैंकलाई बुझाएका हुन् । 
 
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार एन.एम.बी. बैंकमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १८ र गरिमा बैंका १७ वटा गरि ९० सवारीको चाबी बुझाएको जानकारी दिए ।