जनावरलाई मानिसले मारिरहे कोरोना भन्दा भयानक रोगहरु फैलने संयुक्त राष्ट्रसंको चेतावनी

आषाढ २३,२०७७

-

असार २३, २०७७ काठमाडौं ।
संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।
 
यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली जीवको उत्पीडनजस्ता कारण जिम्मेवार छन् ।
 
संयुक्त राष्ट्रका विशेषज्ञका अनुसार पछिल्ला केही वर्षमा जनावर र पंक्षीमार्फत् मानिसमा फैलने रोग लगातार बढिरहेको छ । विज्ञानको भाषामा यस्ता रोगलाई ‘जूनोटिक डिजिज’ भनिन्छ ।
 
पर्यावरा र स्वास्थ्य विशेषज्ञले यदि मानिसले पर्यावरण र जंगली जनावरलाई बचाएनन् भने उनीहरुले यस्तै रोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
 
संयुक्त राष्ट्रको रिपोर्ट अनुसार प्रोटिनको बढ्दो मागका लागि जनावरलाई मारिँदै छ र यसको नतिजा अन्त्यमा मानिसले नै भोग्नु परिरहेको छ ।
 
हरेक वर्ष लाखौं मानिसहरुको मृत्युः
 
विशेषज्ञका अनुसार जनवरबाट फैलने विभिन्न प्रकारको रोगका कारण संसारभरी हरेक वर्ष करिब २० लाखको मृत्यु भइरहेको छ ।
 
पछिल्ला केही वर्षमा मानिसमा जनावरबाट हुने रोग अर्थात् ‘जूनोटिक डिजिज’ मा वृद्धि भएको छ । इबोला, बर्ड फ्लू र सार्सजस्ता रोग यो श्रेणीमा आउँछन् ।
 
सुरुमा यो रोग जनावर र पंक्षीमा नै पाइन्छ र उनीहरुमार्फत् नै मानिसलाई आफ्नो शिकार बनाउने गर्छ ।
 
रिपोर्टमा बताइए अनुसार जुनोटिक रोग बढ्ने एउटा ठूलो कारण मानिस आफैं र उसको निर्णय हो ।
 
अत्यधिक बढेको छ मासुको उत्पादनः
 
यूएन इन्भारोन्मेन्ट प्रोग्रामकी कार्यकारी निर्देशक इंगर एन्डर्सनले पछिल्लो सय वर्षमा मानिसले नयाँ भायरसका कारण हुने कम्तीमा ६ प्रकारको खतरनाक संक्रमण झेलिसकेको छ ।
 
उनले भनिन्, ‘मध्यम र निम्न आय वर्ग भएको देशमा हरेक वर्ष कम्तीमा २० लाख व्यक्तिको चौपायाबाट हुने टिबी र रेबिजजस्ता जुनोटिक रोगका कारण हुनेगर्छ । यतिमात्रै होइन, यी रोगबाट अत्यधिक आर्थिक क्षती पनि हुनेगर्छ ।’
 
इंगर एन्डर्सनले भने, ‘पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशत बढेको छ । यस्ता थुप्रै समुदाय छन् जुन पाल्तु र जंगली जीव–जन्तुमा निर्भर हुन्छन् । हामीले खेती बढाएका छौं र प्राकृतिक स्रोत–साधनको दोहन पनि अत्यधिक गरिरहेका छौं । हामीले जंगली जनावर बस्ने स्थान पनि नष्ट गरेका छौं, उनीहरुलाई मारिरहेका छौं ।’
 
उनका अनुसार बाँध, सिँचाईका साधन, कारखाना र खेतीका कारण पनि मानिसमा हुने संक्रामक रोगका लागि २५ प्रतिशतसम्म जिम्मेवार छन् ।
 
कसरी हल हुनेछ मुश्किल 
 
यो रिपोर्टमा समस्या मात्रै देखाइएको छैन, सरकारलाई भविष्यमा यस्तो प्रकारको रोगबाट कसरी बच्ने भनेर पनि बुझाइएको छ ।
 
विशेषज्ञले रिपोर्टमा पर्यावरणलाई कम क्षती पुर्याउने गरी खेतीलाई प्रोत्साहित गर्ने र जैविक विविधतालाई बचाइराख्ने तरिकाबारे पनि विस्तारपूर्वक बताइएको छ ।
 
एन्डर्सन भन्छिन्, ‘विज्ञानले स्पष्ट रुपमा भनेको छ कि यदि हामी इकोसिस्टमसँग खेलवाड गर्छौं, जंगल र जीव जन्तुलाई क्षती पुर्याइरहेका छौं भने अबको समयमा जनावरबाट मानिसमा फैलने रोग पनि बढ्नेछ ।’
 
उनले भविष्यमा कोरोनाभाइरस संक्रमण जस्तो खतरनाक रोगलाई रोक्नका लागि मानिसले पर्यावरण र जीव–जन्तुको रक्षाको विषयमा थप सर्तक हुनुपर्नेछ । बीबीसी