तीन दिनयता कुनै पनि जिल्लामा सलहले नोक्सानी गरेको खबर छैनः विषादी केन्द्र

आषाढ २३,२०७७

-

असार २३,२०७७ काठमाडौं ।
गएको तीन दिनदेखि नेपालमा सलहको झुण्ड कम हुँदै गएको छ ।
 
झण्डै ८० लाखको संख्यामा भारतबाट नेपाल प्रवेश गरेका  सलह  कम हुँदै गएको प्लाण्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले जानकारी दिनुभयो । गएको तीन दिनयता कुनै पनि जिल्लामा सलहले नोक्सानी गरेको खबर नआएको उहाँले बताउनुभयो ।
 
झुण्डहरु केही तितरबितर भएका तथा केही मरेका र केही चिसो ठाउँतिर गएकाले आफैँ हराएका उहाँले बताउनुभयो । सलह नेपाल प्रवेश गरेदेखि नै उपयुक्त वातावरण नभएकाले पनि हराएका उहाँको भनाई छ । बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको संख्यामा सलह मरेका पाइएको उहाँले बताउनुभयो । 
 
यस्तै कालिकोट, रुकुम, मुस्ताङ लगायतका ठाउँमा पनि झुण्ड पुगे पनि चिसो हावापानीका कारण आफैं मरेका हुन सक्ने उहाँको भनाई छ । कम तापक्रम भएको बेला सलह बाँच्ने सम्भावना अत्यन्तै कम हुने उहाँले बताउनुभयो । नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिंदै समूहमा फैलिएर देशका ५५ वटा जिल्लामा पुगेको थियो । 
 
२, ३ दिन यता लगातार पानी परेकाले पनि झुण्ड सक्रिय हुन नपाएको हुन सक्ने उहाँको भनाई छ । उज्यालोबाट