सरकारसँग १२ बुँदे सहमतिपछि ईशान र पुकारले तोडे अनशन

आषाढ २३,२०७७

-

असार २३, २०७७ काठमाडौं ।
 
पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएका ईशान अधिकारी ईु र पुकार बमले मंगलबार बिहान अनशन तोडेका छन् ।
 
 
सोमबार सरकारसँग १२ बुँदे सहमति भएसँगै मंगलबार बिहान ह्याम्स अस्पताल परिसरबाटै उनीहरुले अनशन तोडेका हुन् । स्वास्थ्य अवस्था खस्किएपछि दुवै अनसनकारीलाई ह्याम्समा भर्ना गरिएको थियो । 
 
बम र श्रेष्ठ १२ दिनअघि पाटन दरबार स्क्वायरबाट अनशन सुरु गरेका थिए । अभियानका तर्फबाट बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त पोखरेलसमक्ष विभिन्न माग राखिएको थियो ।
 
त्यही दिन र शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच पटक(पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । सोमबार भएको वार्तामा भने दुवै पक्षबीच १२ बुँदे सहमति भएको अभियानले जनाएको छ ।
 
सहमति पत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट डाक्टर रोशन पोखरेल र डाक्टर समिरकुमार अधिकारी र अभियानका तर्फबाट ईु र बमले हस्ताक्षर गरेका छन् ।