संसद अधिवेशन अन्त्य गरेर सरकारले मुखमा ताला लगाउने काम गरेको देउवा र जसपाका नेताहरुको आरोप

आषाढ २३,२०७७

-

असार २३,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच मंगलबार विहान भेटवार्ता भएको छ । भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए ।
 
भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समिक्षा भएको थियो । ‘जनताको आवाज राख्ने त्यही एउटा ठाउँ थियो, सरकारले संसदको अधिवेशन अन्त्य गरेर मुखमा ताला लगाउने काम गरेको छ’ भेटपछि नेता महतोले भने, संसद अधिवेशन अन्त्य गरेकोमा दुवै दलले असन्तुष्टि व्यक्त गरेका छौं ।’