क्रिस्टल प्यालेसलाई हराउदै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा

आषाढ २४,२०७७

-

असार २४,२०७७ काठमाडौं ।
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
 
मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
 
क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे ।
 
क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे ।
 
खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो । उनले पनि विलियनको पासलाई सदुपयोग गरे ।
 
तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २-१ ले अघि रह्यो । खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए ।
 
मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३(२ गोल अन्तरले बिजयी भयो ।
 
चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो । चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । समान खेल खेलेको लेष्टर ५९ अंक रहेको छ ।