न्यून गुणस्तर पाइएपछि दुई प्रकारका औषधि बिक्री वितरणमा रोक

आषाढ २४,२०७७

-

असार २४, २०७७ काठमाडौं ।
औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
 
विभागका अनुसार मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको हो ।
 
औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई विभागले भनेको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।