बिबि अनुरागीको लोक गीत “करौती” सार्वजनिक

आषाढ २४,२०७७

-

असार २४, २०७७ काठमाडौं ।
बिदेशमा रहेका नेपालीहरुको बाध्यतालाई मध्यनजर गरेर बिबि अनुरागीको लोक गीत “करौती” बजारमा आएको छ । 
 
गीतमा स्वर, शब्द, संगीत, एरेञ्ज बिबि अनुरागीको रहेको छ । गित मर्मस्पर्शी रहेकोको चाडैने चर्चा बटुल्न सफल हुने विश्वास दिइएको छ । 
 
यस गीतको भिडियोलाई बरिष्ठ संगीतकार एबं धुन सम्राट बिबि अनुरागी आफैले निर्देशन गरेका छन् भने बिबेक विश्वकर्माको छायांकन तथा सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा बिबि अनुरागी, सुनिता, शिक्षा, सर्जकको अभिनय रहेको छ । 
 
 
गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला-
https://www.youtube.com/watch?v=_ECCz8ck-MA&feature=emb_logo