कोरोना निको भएर घर फर्किनेको संख्या ७ हजार ८९१

आषाढ २५,२०७७

-

असार २५,२०७७ काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ ।
 
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
 
पछिल्लो २४ घण्टामा  ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
 
मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका  छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।