अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखरामा चार जनाको मृत्यु

आषाढ २६,२०७७

-

असार २६, २०७७ काठमाडौं ।
 
अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन  ।
 
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा-१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।
 
उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
 
यसै गरी पोखरा-२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् ।