शुक्रबार ११८ जनामा कोरोना पुष्टि, उपत्यकमा ४२ जना थपिए

आषाढ २६,२०७७

-

असार २६,२०७७ काठमाडौं ।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ।
 
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए।
 
योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। 
 
यस्तै,काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका २८ सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
 
प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौँ १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो।
 
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौँ १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।
 
योसँगै पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ।
 
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए।