दार्चुलाको छाङरु र तिंकरमा हेलिकोप्टरमार्फत खाद्यान्‍न ढुवानी सुरु

आषाढ २७,२०७७

-

असार २७, २०७७काठमाडौं
 
दार्चुलाको व्यास गाउँपालिका-१ को छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी सुरु गरेको हो ।
 
सरकारले निजी हवाई कम्पनीमार्फत छाङरु र तिंकरका लागि दुई सय क्विन्टल चामल ढुवानीको काम सुरु गरिने बताए पनि मौसममा खराबी आएका कारण केही ढिला गरी उडान हुने भएको छ । 
 
शनिबार बिहानैबाट चामल ढुवानी गर्न शुक्रबार साँझ निजी हवाई माउन्टेनको हेलिकोप्टर दार्चुला पुगे पनि मौसमको खराबीका कारण ढिला गरी खाद्यान्न ढुवानी गरिन लागेको हो ।
 
छाङरु र तिंकर गाउँमा एकरएक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताए ।