शनिबार ७० जनामा मात्रै कोरोना संक्रमण पुष्टि

आषाढ २७,२०७७

-

असार २७, २०७७ काठमाडौं ।
 
नेपालमा शनिबार थप ७०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार७१९ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
 
मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।