समाजसेवीहरुले पठाए म्याग्दीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग

आषाढ २७,२०७७

-

असार २७, २०७७ काठमाडौं ।
समाजसेवीद्धारा म्याग्दीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
 
स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले म्याग्दीका पहिरो पिडितलाई आर्थिक सहयोग रकम पठाएका हुन् ।
 
अमेरिकाको न्यूवर्कमा रहनुभएका हेम एण्ड माया फाउण्डेसनका संस्थापक हेम र माया थापा तथा इजराएलमा बस्दै आउनुभएका पवित्रा गौतमले पठाउँनुभएको ६० हजार रुपैयाँ सहयोग गरिएको हो ।
 
विगतमा पनि समाजसेवी हेम एण्ड माया फाउण्डेसन र पवित्रा गौतमले नेपालमा विभिन्न समयमा भएका विपद्का कारण आइपरेका समस्याहरुमा सहयोग गर्दै आउनुभएको छ । 
 
सहयोग रकम टेलिभिजनबाट प्रसारण हुने इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कडेल, भक्त देउवा मार्फत पहिरो प्रभावित क्षेत्र म्याग्दी पठाइएको हो । इन्द्रेणीका कडेलसहितको टोली राहत वितरणका लागि म्याग्दी गएको छ । 
 
उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गर्नुभएको हो । लकडाउनका समयमा पनि शाकाहारी पार्टीले पहिलो पटक देशका धेरैजसो जिल्लाहरुका निशुल्क भेज खानाको व्यवस्था गरि वितरण गरेको थियो ।
 
शुक्रबार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । ३ जनालाई घाइते अवस्थामा उद्धार गरि उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
 
हेम एण्ड माया फाउण्डेसनका संस्थापक हेम र माया थापा :
Image may contain: 2 people, indoor