अमेरिकामा अन्तिम परीक्षणका लागि कोरोना खोप तयार

आषाढ ३१,२०७७

-

असार ३१,२०७७ काठमाडौं ।
अमेरिकामा परीक्षण गरिएको कोरोना खोप अन्तिम परीक्षणका लागि तयार भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भने यो खुसीको खबर भएको बताए ।
 
नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डना इन्कले विकास गरेको प्रयोगात्मक खोप जुलाई २७ गतेबाट ३० हजार मानिसमा परीक्षण हुने भएको छ । कोभिड १९ विरुद्धका लागि लाभदायक खोप हुने विश्वास गरिएको छ ।
 
मंगलबार अध्ययन रिपार्टको सार्वजनिकीकरणमा ४५ स्वय‌ंसेवकले खोपले रोग प्रतिरोधात्मक क्षमता बढाएको बताएका छन् ।
 
अध्ययनलाई नेतृत्व गरेका काइजर पर्मानेन्ट वासिङ्टन रिसर्च इन्स्टिच्युट सियाटलकी डाक्टर लिसा ज्याक्सिनका अनुसार परीक्षणलाई अगाडि बढाउनका लागि यो महत्त्वपूर्ण उपलब्धि हो ।
 
खोपले काम गर्छ वा गर्दैन भनेर ग्यारेन्टी नभए पनि तर सरकारले यही वर्षको अन्तिमसम्म परिणाम ल्याउने विश्वास गरिएको छ ।