खबरदार, भ्रष्ट नेताहरु कुर्सी छोड

श्रावण १०,२०७७

Sabina Khatiwada

-

 
 

· सविना खतिवडा––

 
राजनीति राज्यको मुख्य नीति हो । जसमा राष्ट्र र जनताको हित र उन्नतिका लागि मार्ग निर्देशन गरिन्छ । तर डर लाग्दो कुरा त यो हो कि आज नेपालमा राजनीति व्यंंग्य नीतिमा परिवर्तन भएको छ । सानो बच्चामा पनि असर परिसक्योकि राजनीति ठीक होइन, यो सब अहिलेका म हुँ भन्ने भष्ट्रचारी नेताहरुले गर्दा भएको हो । जो पद र आफ्नो स्वार्थको लागि राजनीति जस्तो देशको संवेदनशील कार्यमा संलग्न छन् ।
 
कपाल, दाह्री फुलेका मेरा प्रिय हजुरबुबा हजुरआमा हरुलाई म के भन्न चाहन्छु भने यस्तो बुढेशकालमा पनि देशको मायाले गर्दा देश हाक्छु भनेर राजनीतिमा लाग्नुभयो म आभार प्रकट गर्दछु । तर यदि देशलाई हाँक्न सक्नुहुन्न भने चिया खाएर आरामले घरमा बस्नुस् । देशको बद्नाम नगर्नुस् । हामी छौँ देश प्रेमी, ज्यानको बाजी लगाउँछौ । हामी युवालाई ठाउँ दिनुस ।
 
 
म त्यस्ता बोक्रे नेताहरुलाई के भन्न चाहन्छु भने राजनीति तपाईहरु जस्ताको वाइहात नीति होइन । राज्यको सबैभन्दा ठूलो नीति हो । जो देश र जनताको लागि छातीमा गोली खान पनि तयार हुन्छन् । हो उसैलाई सुहाउँछ राजनीति । म भनिरहनेछु की यदि देशलाई हाँक्न सक्नुहुन्न भने तपाइँ आजैदेखि दादागिरी देखाउन छाड्नुस् । यो राजनीति हो, तपाईंको दादानिति होइन, राज्यको हित गर्नुहोस । नत्र यो देशले सराप दिनेछ । राजनीतिमा यस्तो व्यक्ति लाग्नुपर्दछ जस्को रगत देश र जनताको लागि उम्लिन्छ ।
आज नेपाली जनताको लागि राजनीति हांस्यव्यंग्य भएको छ । यो तपाईहरु जस्तै ठुटे नेताहरुले गर्दा भएको हो । जसलाई लाग्छकी कुरा जानेपछि र मीठो बोलेपछि म ठूलो नेता हो । यो तपाईंको घातक सोचलाई परिवर्तन गर्नुस् नेता ज्यु । 
 
देशको जगनीति नै व्यंग्य छ भने जनतालाई के आस देखाउनु हुन्छ ? निकै दुःख लाग्दो कुरा त यो हो कि, यस्तो कोरोना महामारीको घडीमा पनि देशको ठूल्ठूला नेता भनिनेहरुले नै तं त र म म भन्दै पदको लागि कुर्सीमा तछाड मछाड गरिरहेका छन् । तपाईंहरुलाई देशभक्ति कुन अर्थबाट भन्ने ? देश र जनताको चिन्ता गर्नुको सट्टा अर्काको खुट्टा तानिरहेका छन् । हाम्रो देशको बिजोक अवस्था तपाईं जस्ताले गर्दा भएको हो । तर अब हामी चुप बस्दैनौं । जसले देशको नाममा बदनाम र भ्रष्टाचार गर्छ नि त्यस्ता ठुटे नेताहरुलाई सजांय अबका हामी युवाले दिनेछौं । म विश्वस्त छु की यदि देश र जनताको लागि सबै कुरा पूरा गर्ने आँट र हिम्मत छैन भने आफ्नो स्याहारसुसार गरेर बस्नुस् । तर देशलाई बदनाम नगर्नुस् । 
 
 नेता ज्यू, राजनीति तपाईंको खेल होइन । अचम्मलाग्दो कुरा छ ! राजनीति नै देशलाई विकास गर्ने मुलनीति हो । तर नेपालमा व्यक्तिमा मात्र सीमित नीति जस्तो भएको छ । आँफू ठूलो पदमा भएपछि आफ्नो आफन्त जो जो छन्, जस्ले तेल घस्छन् ती सबै नेता अनि पाए ठूलो रोजगार तर अरूलाई आखाले देख्दैनन् । अब ती भ्रष्टचारी र आँफूखुसी नीति बनाई देशलाई घात गर्नेहरूको आँखा फुटाउने पालो हाम्रो हो । म सबै नेपाली जनतालाई भन्न चाहन्छु कि धेरै बोलेर तातो मीठो कुरा गर्ने तर काम नगर्नेलाई पटक्कै भोट नदिनुस् ।
 
कोई नेता यस्ता पनि छन् कि चुनाव अघि ठूल्ठूला कुरा गर्ने तर काम कहिल्यै नगर्ने । तर ठूलो स्वर भने उनिहरुकै अझै छ । हे भ्रष्ट नेताहरु हो, आफू देखेर आफैलाई घिन लाग्दैन ? देशलाई रुवाएर हाँस्ने तिमीहरूको समय गयो अब । 
 
बडो अचम्मको कुरा के छ भने गएको चुनावमा एउटा नेताले म पानीजहाज ल्याउँछु भन्नुभयो । तर विडम्बना त्यो गाउँमा न समुन्द्र थियो, न नदी थियोे नत खोला नै । हाँसोको पात्र बन्नुभयो । उहाँ अहिलेसम्म नै प्रधानमन्त्रीमै हुनुहुन्छ । 
 
यदि देशको लागि जस्तो परिस्थितिमा पनि ज्यानको बाजी लगाउन सक्नुहुन्छ भने हिम्मत राख्नुहोस राजनीतिमा छिर्न । नत्र देशको संवेदनशील कुरालाई मजाक नगर्नुस् । राजनीतिलाई तपाईंको कारण व्यंग्य नगराउनुस् । देशमा गरिबी धेरै छ । खान लाउनको अभावले जनता सडकमा मिल्किएका छन् । तर कोहि ’भोकै पर्दैन, कोई भोकै मर्दैन’ भन्ने वर्तमान सरकारको भनाइ पनि केवल बोलीमै सीमित नहोस् । व्यवहारमा लागू गरियोस् । 
 
म सबै राजनीतिक दलहरुलाई के भन्न चाहन्छु भने तपाईंहरू नेपाली हो भने नेपालको झण्डा लिनुहोस । तर, ती राता, पहेंला, हरिया,अनि रंगीविरंगी झण्डाले गरिबको शरिर ढाक्नुस । यदि देशलाई सच्चा प्रेम गर्नुहुन्छ भने तपाईंलाई त्यो दलीय झण्डा र पदको आवस्यक नै पर्दैन । बोलीले मात्र हैन गरेर देखाउन सक्नुपर्दछ नेपाल सरकारले । चाहिँदैन चाइनासंगको रेल अनि भारतसँगको पानीजहाज पहिला गरिबलाई गाँस बाँस दिए पुग्छ । 
 
 देशमा बढि आवस्यक के छ त्यसलाई विश्लेषण गर्न सिक्नुस् । नेपाल सरकारले यो ध्यान दिओस । राष्ट्रपतिलाई करोडौंको गाडी र बगैंचा चाहिने कस्तो शासन हो यो ? यो राजतन्त्र होइन राष्ट्रपति ज्यु । तपाईंले जनतालाई खुसी दिएर बस्नुपर्ने मान्छे देशको बद्नाम नगर्नुस् । हैनभने परिश्रम गरेर आफै कमाएर किन्नुहोला । हजुरको तमासा हेर्न राष्ट्रपति चुनिएको हैन । देशको लागि के गर्दा राम्रो अनि के गर्दा नराम्रो भन्ने कुराको सोच्ने क्षमता नै छैन भने राष्ट्रपतिको पद पटक्कै सुहाएन । सुहाउँदै सुहाएन । जनताको कुरा सुन्न र मर्म बुझ्नलाई चुनिएको सरकार आफ्नो लागि मात्र सोच्छ भने त्यो देशघाती होइन भन्न मिल्ला ? पटक्कै मिल्दैन । 
 
बोक्रे नेताहरुलाई के भन्न चाहन्छु भने राजनीति तपाईहरु जस्ताको वाइहात नीति होइन । राज्यको सबैभन्दा ठूलो नीति हो । जो देश र जनताको लागि छातीमा गोली खान पनि तयार हुन्छन् । हो उसैलाई सुहाउँछ राजनीति । म भनिरहनेछु की यदि देशलाई हाँक्न सक्नुहुन्न भने तपाइँ आजैदेखि दादागिरी देखाउन छाड्नुस् । यो राजनीति हो, तपाईंको दादानिति होइन, राज्यको हित गर्नुहोस । नत्र यो देशले सराप दिनेछ । राजनीतिमा यस्तो व्यक्ति लाग्नुपर्दछ जस्को रगत देश र जनताको लागि उम्लिन्छ ।
 
 
 
कोई नेता त यस्ता पनि छन् जसले अर्को दलको राम्रो काम गर्ने व्यक्तिको खुट्टा तानिरहेका छन् । अब त्यस्ता अपराधीको टाउको झार्ने काम हाम्रो हो । तयार हुनुहोस । तपाईंको त्यो चिनी मिसाएको बोली सुन्नेवाला छैनौं ।  सबै राजनीतिज्ञ नराम्रो हुनुहुन्न । तर राम्रो भन्दा खराब धेरै छन् । राजनीतिलाई व्यवसाय सम्झेका छन् । जनता र देशको लागि शासन गर्न राजनीति चुन्नुस । तर तपाईंको स्वार्थी शासन तोड्नुहोस् । कतिपय नेपाली सांसद्हरुले भारतसंगको सीमा विवादमा भारतको पक्षमा बोलेका छन् । त्यस्ता राष्ट्रघातिलाई देश निकाला गर्नुपर्छ । अलिकति पनि लाज लाग्दैन ? 
 
तपाईं भारतमै गएर बस्न सक्नुहुन्छ कसैले छेक्दैन आरामले बस्नुस् । तर आफ्नो देशलाई थर्काउने तपाई सांसद भएर बस्ने कुनै अधिकार छैन । ‘जननी जन्म भूमिस्च, स्वर्गदपी गरियसी’ । देशलाई घात गर्ने तपाईं जस्ताको छाती चिर्ने पालो अब हाम्रो हो । देशको सबैभन्दा मूल कुरा राजनीति जस्तो विषयमा तपाईंको मीठो बोली हैन नेता ज्यू सेवा र देश प्रेमको खाँचो हुन्छ । अब राजनीति परिवर्तन भइसक्यो । देशको लागि रगतको खोला बगाउने आँट गर्नुपर्दछ । राजनीति व्यवसाय हैन । यदि देशको बद्नाम गर्छौं, भष्ट्राचार गरेर दाम कमाउँछौं भने हाम्रा वीर सहिदहरुको आँसु र रगतको धाराले धिकार्नेछन् ।  वास्तवमा जनताले पनि सही व्यक्ति चुन्नु पर्दछ । ती जनताद्वारा चुनिएका व्यक्तिले जनताका कुरा सुन्नु पर्दछ । जनतालाई जथाभावी बोल्न पाइदैन ।
म के भन्छु भने जन्मनु नै ठूलो होइन । जन्मिसकेपछि देश, समाज र जनताको  लागि  के गर्न सकियो त्यो ठूलो हो ।
 
 राजनीतिलाई व्यवसाय सम्झेका छन् । जनता र देशको लागि शासन गर्न राजनीति चुन्नुस । तर तपाईंको स्वार्थी शासन तोड्नुहोस् । कतिपय नेपाली सांसद्हरुले भारतसंगको सीमा विवादमा भारतको पक्षमा बोलेका छन् । त्यस्ता राष्ट्रघातिलाई देश निकाला गर्नुपर्छ । अलिकति पनि लाज लाग्दैन ? 
 
 
अन्तिममा कपाल, दाह्री फुलेका मेरा प्रिय हजुरबुबा हजुरआमा हरुलाई म के भन्न चाहन्छु भने यस्तो बुढेशकालमा पनि देशको मायाले गर्दा देश हाक्छु भनेर राजनीतिमा लाग्नुभयो म आभार प्रकट गर्दछु । तर यदि देशलाई हाँक्न सक्नुहुन्न भने चिया खाएर आरामले घरमा बस्नुस् । देशको बद्नाम नगर्नुस् । हामी छौँ देश प्रेमी, ज्यानको बाजी लगाउँछौ । हामी युवालाई ठाउँ दिनुस ।
 
 (गल्छी– २ धादिङ)