कोरोनाको जोखिम बढेपछि स्याङ्जामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

श्रावण १३,२०७७

-

साउन १३,२०७७ काठमाडौं ।
 
स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षा निकाय प्रमुख नै कोरोना संक्रमित बनेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।
 
हिजो मात्रै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुखलाई कोरोना पुष्टि भएको थियो । अहिलेसम्म स्याङ्जामा २१ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ ।
 
जिल्ला संक्रमणको दर थप बढ्न नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेकका काममा नहिँड्न सर्वसाधारणलाई अनुरोध गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने बताए ।