हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’

श्रावण १५,२०७७

-

साउन १५,२०७७ काठमाडौं ।
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले गाईजात्राको कोशेलीस्वरुप गाईजात्रा गीत सार्वजनिक गरेका छन् । ‘तिमी के को जान्ने’ बोलको उक्त गीत बिहीवार महसञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
 
गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज भुपालमान सिंहले गरेका हुन् ।
 
गीतमा नेपालका नेताहरुप्रति व्यङ्ग्य गरिएको छ । आफ्नै कुरा मात्र ठूला भन्ने सोच भएका नेता तथा व्यक्तिलाई गीतले व्यङ्ग्य गरेको छ ।
 
गीतको भिडियोमा हरिवंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतको प्रस्तुति देख्न सकिन्छ ।
 
भिडियोलाई सागर राज शर्माले निर्देशन गरेका हुन् भने हरि हुमागाईंले छायांकन गरेका हुन् । गीतलाई मह स्टुडियो बूढानीलकण्ठमा छायांकन गरिएको हो ।