नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रुपमा रोक

श्रावण १६,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रुपमा रोक लगाइएको छ ।
 
कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।
 
कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।
 
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।
 
कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।
 
लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।