लियोनलाई पराजित गर्दै पीएसजीले जित्यो सिजनको तेस्रो उपाधि

श्रावण १७,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको तेस्रो उपाधि उचालेको छ । शुक्रबार राति फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गर्दै पीएसजीले सिजनको तेस्रो उपाधि जितेको हो ।
 
निर्धारित समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीबाट कुनै गोल नहुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो । 
 
त्यसपछी खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो र पेनाल्टीमा पीएसजीले बाजी मार्यो । सडनडेथमा पीएसजीले लियोनलाई ६९५ ले पराजित गर्दै च्याम्पियन बनेको हो । फ्रेन्च लिग कपको उपाधि पीएसजीले यो नवौं पाटक जितेको हो ।
 
यसअघि अतिरिक्त समयको अन्तिम मिनेटमा लियोन १० खेलाडीमा समेटिएको थियो । खेलको ११९औं मिनेटमा एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीले लियोनका राफयललाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए । 
 
पीएसजीले यसअघि फ्रेन्च लिग वान र कप डि फ्रान्सको उपाधि जितेको थियो । त्यस्तै सिजनको तेस्रो उपाधिको रुपमा फ्रेन्च लिग कप जितेसँगै अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ ।