वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

श्रावण १७,२०७७

-

साउँन १७,२०७७ काठमाडौं ।
पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।
 
बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
 
उनी सुगर, निमोनियाबाट पीडित रहेको अस्पतालले जानकारी दिएको छ ।
 
अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।