ओली-दाहालबीचको भेटवार्ता सक्रिय, निष्कर्ष कहिल्यै आएन्

श्रावण १८,२०७७

-

साउन १८,२०७७ काठमाडौं । 
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।
 
दाहालले खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पौने दशबाट सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
 
केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।