पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

श्रावण २०,२०७७

-

साउन २०, २०७७ काठमाडौं ।
जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । 
 
जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।
 
अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुनेछ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।