सरकारलाई दिएका सुझाव कार्यन्वयन गर्न ओलीलाई देउवाको आग्रह

श्रावण २०,२०७७

-

साउन २०,२०७७ काठमाडौं ।
 
काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा आफ्नो ७ बुँदे धारणा राखेका छन् । देउवाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो २ बुँदे धारणा राखेका हुन् । 
 
बैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ सामग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सुझाएका छन् । 
 
यस्तै आरडीटी परिक्षण स्थायी रुपले अन्त्य गर्न, पीसीआर परीक्षणको दायरा बढाउन, मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन गर्न,  स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्नलगायतका ७ बुँदे सुझाव दिएका छन् । 
 
हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।
 
- आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।
- सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
 
- स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
- मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।
 
- विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था ।
 
- नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।
 
- सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।
 
- परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।
 
- विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।
 
- उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।
 
- विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।
- बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।