हिंसा रोक्ने एक मात्र सुत्र : अभिभावकको सोचमा परिवर्तन आवस्यक

श्रावण २०,२०७७

Dolma Yangchen Lama

-

● डोल्मा याङ्गच्येन लामा-
 
      महिलामाथि हुने हिंसात्मक घटनाहरु दिनानुदिन बढिरहेका छन् । कहिले एसिड आक्रमण, कहिले बलत्कार, कहिले यौंन हिंसा त कहिले दाईजो प्रथा । यस्ता अनेकौं कारण जोडिएर जिउँदै महिलालाई जलाइएका घटनाका समाचारले मन चसक्क बनाउँछ । लाग्छ, महिलाहरुको जन्म यस्तै घृणित व्यवहार सहनका लागि मात्रै हो त ? पक्कै हैन होला । 
 
एक्काइसौं शताब्दीको हाम्रो समाज कुन दिशातर्फ लम्किंदैछ ? भावी पुस्ताका नेतृत्वकर्ता आजका सन्तति युवाहरुलाई कस्तो शिक्षा र संस्कार सिकाउँदैछौं ? के अब सोच्ने समय होइन र ? हामी अभिभावक र समाजका अगुवाहरुले मनन गर्नै पर्ने अवस्था श्रृजना भएको छ ।
 
‘महिला पुरुष एक रथका दुई पांग्रा, एक सिक्काका दुई पाटा’ भन्ने भनाईहरु केवल भनाईमा मात्र सिमित रहन पुग्यो जस्तो लाग्यो । हामीले यो अवस्था घरबाटै सिकाएका त छैनौं ? छोरा र छोरी अलग भन्ने सोचबाट ग्रस्त समाजमा हामी सन्तानलाई पनि व्यवहारमा फरक रुपमा हेर्ने गर्दछौं ।
 
जब कि मेलापात गरेर छोराछोरी घर आईपुग्छन् । छोरोलाई थाकेर आइस एकछिन आराम गर भनिन्छ । छोरीलाई तरकारी केलाउन, गाग्री खाली छ भने पानी भर्नुपर्ने हो त्यता घरधन्दातिर लगाईन्छ । आखिर मेलाको काम दुवैले समान रुपमै गरेर आएका हुन्छन थकाई दुवैलाई लागेको हुन्छ ।
 
तर पनि कतिपय घरमा छोरालाई छोरिहरुप्रति गर्ने व्यवहार, सम्मान र संस्कारका कुराहरु सिकाइएका हुन्छन् । त्यहाँ कुनै विभेद हुदैन भने निर्धक्क रुपमा छोरीले पनि आफ्ना भावना, इच्छाहरु सहज रुपमा व्यक्त गर्दछन् । दाजुभाईले कुनै नौलो मान्दैनन् । त्यो घरमा भित्रिने अरु छोरिहरुलाई पनि छोराहरुले गर्ने व्यवहारमा समानता आउँछ । महिलाहरुलाई गर्ने सकारात्मक व्यवहार र दृष्टिकोणले सुरक्षित रहन मद्दत पुर्याएको हुन्छ ।
 
हामीले यो अवस्था घरबाटै सिकाएका त छैनौं ? छोरा र छोरी अलग भन्ने सोचबाट ग्रस्त समाजमा हामी सन्तानलाई पनि व्यवहारमा फरक रुपमा हेर्ने गर्दछौं ।
 
शब्द र नाराहरुमा सधै बराबरी अनि स्वतन्त्रताको कुरा गर्छौ र पढ्छौं तर साँच्चै ति शब्दहरु व्यवहारमा कहिले परिणत हुने हो सोच्ने बेला आएन र ? इतिहासदेखि नै समाजमा पुरुषको दर्जा सधै उच्च तहमा शक्तिशाली विजेताको रुपमा लिइएको पाईन्छ । अहिले पनि पुरुषलाई हेर्ने नजरमा त्यही स्थान कायम छ । 
 
महिलाहरुलाई विगतदेखि आज २१ औं शताब्दीसम्म आइपुग्दा समेत उनिहरु कुनै पनि दर्जामा गनिंदैनन् । महिलालाई देवीको रुप दिइन्छ । तर घर र समाजमा छोरा छोरीप्रतिको विभेदकारी संस्कारको परिणमले नै हो महिलामाथि एसिड आक्रमण, बलात्कार र यौन दुव्र्यवहारका घटना बढ्दै जानुमा ।
यदि भनाई अनुसार व्यवहारमा छोरीचेलीलाई पुज्न सिकाइएको संस्कारमा हुर्केका पुरुषहरुले कहिल्यै पनि महिला माथि एसिड हान्ने र बलत्कार गर्ने तथा महिला दिदि बहिनीमाथी कुदृष्टिको सोच राख्दैनन् ।
 
हामीले छोरा सरह छोरीहरुलाई पनि हरेक कार्यहरुमा समान रुपमा घर र घरबाहिरका क्षेत्रहरुमा सहभागी गराउँदै लगेको खण्डमा मात्रै आगामी दिनहरुमा महिला र पुरुषको सहभागिता तथा चेतनामा परिवर्तन आउन सम्भव हुने देखिन्छ ।
 
छोरीलाई पराई घर जाने र छोरा बुढेसकालको साहाराको रुपमा मात्र लिनुभन्दा छोराछोरी दुबैलाई समान शिक्षा, समान व्यवहार, समान स्वतन्त्रता दिन र सिकाउँन जरुरी छ जस्तो लाग्छ । 
घरपरिवारबाट नै छोराछारी भिन्न हुन भन्ने संस्कार त्यागेर उनिहरुलाई घरयासी सबैै कामहरुमा सहभागी गराई आँफुहरुको दायित्व पुरा गर्न सक्ने र कर्तव्य पालना गर्न सिकाउन सकिएमा मात्रै उनिहरु राष्ट्रप्रतिको जिम्मेवारी लिन सक्षम बन्दै जान्छन् । तब मात्रै छोराछोरी दुबै बराबर भन्ने नारा व्यवहारीकतातर्फ लम्किन सक्दछ ।
 
 महिलाहरु सधै पिडामा मात्रै छन भन्न खोजेको हैन यहाँ । पुरुषहरु पनि कतै न कतै पीडित भैरहेका छन् । महिलाहरु पनि धेरै उच्च तहमा पुगिसकेका छन् । कतिपय राष्ट्रको प्रमुख तहमा महिला नै छन् । राजनीतिक तह र सरकारी कार्यालयहरुमा महिलाहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ । तर पनि ति राष्ट्रको हरेक नियम, कानुन कार्यन्वयन एंव विकास निर्माणका तहहरुमा महिलाको सट्टा पुरुषहरुको सहभागिता र वर्चश्व बढि देखिन्छ ।
 
हामीले छोरा सरह छोरीहरुलाई पनि हरेक कार्यहरुमा समान रुपमा घर र घरबाहिरका क्षेत्रहरुमा सहभागी गराउँदै लगेको खण्डमा मात्रै आगामी दिनहरुमा महिला र पुरुषको सहभागिता तथा चेतनामा परिवर्तन आउन सम्भव हुने देखिन्छ ।
 
आजका युवा भोलीका कर्णधार, युवा नै देशको खम्बा भन्ने हो भने आजैदेखि हामीले आफ्ना सन्ततिलाई नैतिक शिक्षा, असल व्यवहार तथा समानताका कुराहरु सिकाउने  समय आएको छ । जसले आगामी दिनमा एउटै कोखबाट जन्मिएका सन्तानबाट अर्को सन्तान कुनैपनि हिंसा र पीडित बन्नुपर्ने सोचाईबाट मुक्त हुन सक्छ भन्ने लाग्छ । 