इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी

श्रावण २१,२०७७

-

साउन २१,२०७७ काठमाडौं ।
आयरल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा इङ्ल्यान्डमाथि सात विकेटको सनसनीपूर्ण जित निकालेको छ ।
 
जितका लागि ३ सय २९ रनको लक्ष्य पाएको आयरल्यान्डले ४९.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको हो ।
 
आयरल्यान्डका लागि पउल स्टर्लिङले १ सय ४२ र कप्तान एन्ड्रयु बालबिरनीले १ सय १३ रन बनाए । यो नै आयरल्यान्डको जितको आधार बन्यो । उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरे ।
यसअघि इङ्ल्यान्ड ४९.५ ओभरमा अलआउट भएको थियो । टोलीका लागि इओन मोर्गनले १ सय ६ रन बनाएका थिए । यो नतिजापछि तीन एकदिवसीयको शृंखला इङ्ल्यान्डको पक्षमा २-१ ले टुंगिएको छ ।