लक्ष्मी हमाल अब ‘आईटम’गीत लिएर आउने

श्रावण २३,२०७७

-

साउँन २३, २०७७ काठमाडौं।
 
केही समयअघि मात्रै दर्शक स्रोतामाझ फरक शैलीको रक पप ‘यात्रा’ पस्किएकी गायिका लक्ष्मी हमाल अब डोयट ‘आईटम’गीत लिएर बजारमा आउँदै छिन् ।
 
शुक्रबार मात्रै उनको आफ्नै शब्द संगीतमा ‘डोयट आईटम सङ’ ‘‘दिन पनि रातसँग‘’’को रेकर्ड भएको छ । रेकर्ड भएको यो गीत म्युजिक भिडियोसहित चाँडै बजारमा आउँदै छ । यो गीतमा ‘फिमेल’ भोकल लक्ष्मी आफैँले रेकर्ड गराएकी छन् भने ‘मेल’ भोकल रक पपमा दरिएका गायक सपन श्रेष्ठले दिएका छन् ।
 
‘दिन पनि रातसँग ढल्किँदै छ, हेर न हेर ए मेरो ह्याण्डसम जवानी मेरो मस्त-मस्त छ’’भनिएको यो आईटम गीतले अहिलेको नयाँ पुस्तालाई जीवन प्रेमिल बनाऔँ, तनाव नलिऔँ, हाँसी खुसी जीवन बिताऔँ भन्ने सन्देश दिन खोजेको छ ।