अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी...’

श्रावण २५,२०७७

-

साउन २५,२०७७ काठमाडौं । 
टिकटकमा भाइरल चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी...’ सार्वजनिक भएको छ । 
 
गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजनरमिनाकै शब्द, राजनको सङ्गीत, सङ्गीत(संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ ।
 
मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।