काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण २९,२०७७

-

साउन २९, २०७७ काठमाडौं ।
काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७  जना संक्रमित थपिएका छन् ।
 
नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
 
यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ थियो ।
 
सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ ।
 
पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।
 
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
 
यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ थियो ।
 
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।