नेपालमा कोरोनाबाट मर्नेको संख्या ९५ पुग्यो, सावधानी अपनाउन आग्रह

श्रावण २९,२०७७

-

साउन २९,२०७७ काठमाडौं ।
नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।
 
मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको छ ।
 
यसअघि हिजो एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।