मेसीले बार्सिलोना छोड्ने

भाद्र १०,२०७७

-

भदौं १०,२०७७ काठमाडौं ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी ९३३० ले स्पेनिश फुटबल क्लब बार्सिलोना छोड्ने निश्चित भएको छ । 
 
क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले कारवाही अघि बढाउनका लागि व्यवस्थापनलाई दस्तावेज पठाइसकेको जानकारी दिएको छ । यो घोषणा बार्सिलोनाको अहिलेसम्मको सबैभन्दा ठूलो हारको ११ दिन पछि आएको हो ।
 
१५ अगस्टमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मनीको क्लब बायर्न म्यूनिखले बार्सिलोनालाई ८-२ ले हराएको थियो ।
 
मेसीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् ।