धरानमा कोरोना संक्रमित व्यक्तिको सफल शल्यक्रिया

भाद्र १५,२०७७

-

भदौं १५,२०७७ काठमाडौं ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक व्यक्तिको शल्यक्रिया गरिएको छ। प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मोरङका ७८ वर्षीयवृद्धको प्रोस्टेट (सम्भावित क्यान्सर)को सफल शल्यक्रिया गरिएको हो। 
 
भदौ ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका वृद्ध बिरामीलाई जाँच गर्दा कोरोनाको कुनै लक्षण थिएन। बिरामीको ७ घण्टा अगाडिदेखि पिसाब पूर्ण रुपमा बन्द थियो। 
 
बिरामी चाँज गर्दा मूत्रथैलीमा रगत जमेको पाइयो। चिकित्सकले जाँच गरेपछि तत्काल शल्यक्रिया नगर्ने हो भने बिरामीको ज्यान जोखिममा पर्ने निस्कर्ष निकाले। 
 
तर, शल्यक्रिया गर्नु अगाडि बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधानलाई थाती राखेर प्रतिष्ठानको युरोलोजी विभागका चिकित्सकहरुले पीसीआर रिपोर्ट बेगर नै बिरामीको शल्यक्रिया गरी बिरामीको ज्यान बचाएका छन्।