मल आयातमा ढिलाई कोरोनाले गर्दा भएको हो, म सधैं किसानका पक्षमा छु : हुमनाथ कोइराला

भाद्र १६,२०७७

-

 
काठमाडौं । समयमा मल आयात नहुँदा किसान मर्कामा परेका खबर सार्बजनिक भएपछि संबन्धित एक ठेकेदार कम्पनीले यो बिषयमा खण्डन गरेको छ । किसानलाई मर्कामा पार्ने कुनै उद्धेस्य नभएको बरु किसानकै पक्षमा रहेर काम गर्न मल आयातमा काम गर्न जिम्मेवारीपुर्वक लागिएको उक्त कम्पनीले स्पष्ट पनि पारेको छ । 
 
‘युरिया मल आयातमा ढिलाई हुनुको मुख्य कारण कोरोना भाइरसले गर्दा अन्तराष्ट्रिय ढुवानीमा अबरोध हुनु हो,’ होनिको मल्टिपल कम्पनीका संचालक हुमनाथ कोइरालाले भने,‘किसानलाई समयमै मल ल्याउने प्रयास गर्दे गर्दा अन्तराष्ट्रिय लकडाउनले ढुवानीमा ढिलाई भएको हो ।’ निकै प्रयास गर्दा पनि अन्तराष्ट्रिय पारवाहन क्षेत्रमा भएको लकडाउन, बन्दले मल आयात ढिला भएको बुझ्न सबैलाई उनले अनुरोध गरेका छन् ।
 
हाम्रा कम्पनीले हालसम्म देशका सबै कामहरु निकै उत्कृष्ट ढंगले गरिरहेका छन्, तर कुनै अमुक समुहको निहित स्वार्थमा परेर वदनाम गर्ने प्रयासलाई म खेद प्रकट गर्दछु, कोइरालाले भनेका छन् ।’ 
 
 
 मेरो कम्पनीले किसानलाई मल सस्तोमा उपलब्ध गराउन घटिघटाउ मुल्य कवोलगरि सम्झौता गरेको छ, कोइरालाले भने,‘विपन्न किसानलाई महंगो मुल्यको मलको मार पार्न हुँदैन भन्ने कम्पनीको उद्धेस्य हो ।’ कम्पनीले ठेक्का लिएर एक पैसा कुनै फाइदा नलिएको बरु आयात प्रक्रियालाई छिटो भन्दा छिटो गर्न पहल गर्दा सम्झौता भन्दा अतिरिक्त खर्चले नोक्सान व्यहोर्नु परेको उनले जानकारी दिए । 
 
 सरकारसंग भएका सम्झौतालाई नबुझीकन खबर वाहिर आएकोमा कोइरालाले दुख व्यक्त गरेका छन् । सम्झौताका एक/एक बुँदा हाम्रो कम्पनीले अक्षरस पालना गरिरहेको छ, कोइरालाले भनेका छन्,‘सरकारसंग भएका सम्झौता विपरित कहिल्यै कम्पनी जाने छैन ।’ सरकारका हरेक नियम पालना गरेर किसानका पक्षमा काम गर्न होनिको मल्टिपल कम्पनी सदैव तयार रहेको उनले स्पष्ट पारेका छन् । उनले कोरोना भाइरसले सृजना गरेको लकडाउन र वन्दले कति समस्या परेको यो तथ्य बुझन  सबैलाई अनुरोध गरेका छन् ।
 
‘जहाँवाट ल्याउनुपर्ने हो मल, त्यो देशमा सप्लायर्स च्यानल बन्द भएको, वन्दरगाहमा काम रोकिएको, मल उत्पादक कम्पनीले उत्पादन रोकेको अवस्थामा कसरी छिटो ल्याउन सकिन्छ ?, उनले भने,‘यो वास्तविकतालाई त सबैले बुझ्न पर्यो नि ।’ सहज अवस्था भएको भए एक सेकेण्ड पनि ढिला नहुने उनले बताए ।
 
 कोइरालाले बिकोइ कम्पनीबाट भएका रेल्वे सम्वन्धी काममा  मिथ्या आरोप लगाएर बदनाम गराउने प्रयास भएको दावी गरेका छन् । ‘हाम्रा कम्पनीले हालसम्म देशका सबै कामहरु निकै उत्कृष्ट ढंगले गरिरहेका छन्, तर कुनै अमुक समुहको निहित स्वार्थमा परेर वदनाम गर्ने प्रयासलाई म खेद प्रकट गर्दछु, कोइरालाले भनेका छन् ।’
 
बिकोइ कम्पनीले अहिलेसम्म निकै पारदर्शी, चुस्त र गुणस्तरीय काम गरेको स्पष्ट पार्दे उनले विवादास्पद भन्ने आरोपको खण्डन गरे । 
 
देश निर्माणका पक्षमा होस वा किसानका पक्षमा होस, आफ्नो कम्पनी सधैं जिम्मेवारपुर्वक काम गर्ने उनले दृढता व्यक्त गरे । केहि दिनमा ढुवानी प्रक्रिया सहज हुने वित्तिकै युरिया मल आयात तुरुन्त हुने उनले जानकारी गराए । 
 
सम्झौताका एक/एक बुँदा हाम्रो कम्पनीले अक्षरस पालना गरिरहेको छ, कोइरालाले भनेका छन्,‘सरकारसंग भएका सम्झौता विपरित कहिल्यै कम्पनी जाने छैन ।’ 
 
 
 सरकारले ५० हजार टन युरिया मल ल्याउन नीजि क्षेत्रका कम्पनीलाई ठेक्का दिएको थियो । बैशाखमा ठेक्का परेपछि कोरोनाको महामारी झन बढ्यो । स्वदेश र विदेशमा लकडाउन लाग्यो । अन्तराष्ट्रिय ढुवानीका प्रक्रियामा झमेला शुरु भएपछि आयातमा ढिलाई भएको होनिको मल्टिपल कम्पनीले जनाएको छ ।
 
यो कम्पनीले सरकारसंग २५ हजार टन युरिया मल आयातको ठेक्का सम्झौता गरेको हो । मल आयातमा ढिलाई गर्ने कुनै उद्धेस्य नभएको र किसानका पक्षमा रहेर कम्पनीले सधैं काम गर्ने होनिको मल्टिपल कम्पनीले सबैलाई स्पष्ट पारेको छ । वाहिर आएका हल्लामा विश्वास नगर्न उक्त कम्पनीले किसानहरुलाई आग्रह समेत गरेको छ ।