कोरोनाले विश्वभर ९ लाख ७ हजार बढिको मृत्यु

भाद्र २५,२०७७

-

भदौं २५,२०७७ काठमाडौं ।
विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
 
पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो ।
 
यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको छ ।
 
एकै दिन २ लाख ६९ हजार ८३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।
 
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार १४९ जनाको मृत्यु भएको छ । ३९ लाख ८ हजार ६०८ जना संक्रमित भएकोमा २१ लाख ९८ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।
 
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८३ हजार ८४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ८४ हजार ९६८ पुगेको छ । त्यसमध्ये ४६ लाख ९९ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।
 
यस्तै एसियाली मुलुकहरूमा १ लाख ५७ हजार २१६ जनाको मृत्यु भएको छ । ८१ लाख ५०२ जना संक्रमित भएकोमा ६५ लाख ४० हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।
 
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार २७३ जनाको मृत्यु भएको छ । ६८ लाख ६१ हजार ८५७ जना संक्रमित भएकोमा ५५ लाख ६४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।
 
अफ्रिकी मुलुकहरूमा ३१ हजार ९६२ जनाको ज्यान गएको छ भने १३ लाख २८ हजार २६३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ६३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१२ जनाको मृत्यु भएको छ । २९ हजार ६०९ जना संक्रमित भएकोमा २५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् ।