कोरोनाबाट ९ लाख १३ हजार बढिको मृत्यु, विश्वभर २ करोड ८३ लाखभन्दा धेरैमा संक्रमण

भाद्र २६,२०७७

-

भदौं २६, २०७७ काठमाडौं ।
 
विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
 
पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५६६ पुगेको हो ।
 
यस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ ।
 
एकै दिन २ लाख ३६ हजार ६८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।
 
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार ५६२ जनाको मृत्यु भएको छ । ३९ लाख ५३ हजार ९३९ जना संक्रमित भएकोमा २२ लाख ९ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।
 
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८५ हजार ५६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७८ लाख ३३ हजार ५०९ पुगेको छ । त्यसमध्ये ४७ लाख ३९ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।
 
यस्तै एसियाली मुलुकहरूमा १ लाख ५९ हजार ६७ जनाको मृत्यु भएको छ । ८२ लाख २८ हजार ३१९ जना संक्रमित भएकोमा ६६ लाख ३५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।
 
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २३ हजार ९६४ जनाको मृत्यु भएको छ । ६९ लाख ३३ हजार ७५५ जना संक्रमित भएकोमा ५६ लाख ४४ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।
 
अफ्रिकी मुलुकहरूमा ३२ हजार १७८ जनाको ज्यान गएको छ भने १३ लाख ३६ हजार ४०७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ७२ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१९ जनाको मृत्यु भएको छ । २९ हजार ७२७ जना संक्रमित भएकोमा २५ हजार ५४१ जना संक्रमणमुक्त भएका छन् ।