मल आयात नगर्ने कम्पनीमाथिको कारबाही अगाडि नबढाउन आदेश !

भाद्र २९,२०७७

-

भदौं २९,२०७७ काठमाडौं ।
उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनीमाथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
 
न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितीमा राख्‍न आदेश दिएको हो । आज आदेश भइहाल्यो, भोलि एकदिन हो, पर्सी दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश भएको छ,’ उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले भने, ‘त्यही दिन अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगो लाग्नेछ।
 
आफ्नो धरौटी जफत गर्न नहुने अनि कालोसूचीमा राख्‍न पनि नहुने माग राखी दुवै कम्पनी उच्च अदालत पाटन गएका थिए ।