सुनसरी सहितका जिल्लामा ‘भारी’ वर्षा

भाद्र ३०,२०७७



भदौं ३०,२०७७ काठमाडौं।
 
मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ,  सुनसरी सहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ ।
 
नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ ९२५० मिलिलिटरभन्दा बढी०वर्षा भएको छ ।
 
यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स(साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।
 
यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ ।
 
केन्द्रका अनुसार नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोला र आसपास ‘अति ठूलो’ वर्षा भएको छ ।
 
भारी वर्षापछि स-साना खोलामा पनि आकस्मिक बहाव आउने तथा कालिखोला आसपास पहिरोको उच्च जोखिम रहेकाले उक्त क्षेत्रको यात्रामा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।
 
यस्तै कास्कीको पोखरा र आसपास पनि भारी बर्षा भएकाले तनहूँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत भई बहने स-साना नदीमा पनि बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।
 
मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले विभिन्न ३ प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।
 
अहिले प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउँन महाशाखाले आह्वान गरेको छ ।
 
भारी वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।